मेरो विदा कटाउने मेसो …

जाँच पछीको विदा कसरी कटाउने होला भनेर सोच्दै थिए । कुनै साहित्यकारको रचना पढ्नुपर्ला भन्ने सोचेँ ।

म काम गर्ने office मा एकजना सर हुनुहुन्छ, अर्कै डिपार्टमेन्टको, तर साह्रै मज्जाको मान्छे हुनुहुन्छ । वहाँ फेरी धेरै किताब पढ्ने! हेर्दै पनि थाहा हुन्छ त्यो त! 😀 अनि एकदिन राम्रो- राम्रो किताब ल्याइदिनुहोस् न भनेँ । ल्याइदिनु पनि भयो । मलाई मनपर्ने English writer O Henry ले लेखेक short stories हरु । मज्जाको लाग्यो कथाहरु । स्कूल मा हुँदा English book ‘Gulmohar’ मा पढेका थियौँ O Henry को कथाहरु । तर १०० वटा कथाहरु सब पढेँ ।

अब अरु कुनै किताब पढ्नुपर्‍यो भन्ने लागेर आफैले हरिवंश आचार्यद्वारा लिखित ‘चिना हराएको मान्छे’ किनेँ ।
मैले आफैले कमाएको पैसाले किनेको पहिलो किताब । पढ्दै गएको, धेरै सङ्घर्ष गर्नुभएको रहेछ हरिवंश आचार्यले । हुन त म “Struggle is investment” भन्छु । भर्खर त २० बर्षको भएँ तैपनी धेरै कुराहरु भोगेकी छु । मान्छेहरु कती सम्मका गएगुज्रेक हुन्छन नि देखेको छु ।मान्छेहरु कती सम्मका गयगुज्रेका हुन्छन् नि देखेको छु ।मान्छेहरु कती सम्मका गयगुज्रेका हुन्छन् नि देखेको छु । आफैले त्यस्तो ठूलो सङ्घर्ष न गरे पनि, बाबा-मम्मिले गर्नुभएको सङ्घर्ष देखेकी छु ।२० बर्षको मात्रै भएँ तर दुनियाँ कती निर्दयी छ  देखेकी छु ; देख्ने क्रममा छु । पहिले त मान्छेहरुले केहि भने पनि मनमा लिएर बस्थेँ, साह्रै चित्त दुख्थ्यो । आज-कल त बानी भैसक्यो । कसैले केहि भन्यो भने पनि एउटा कानले सुन्छु, अनि अर्को कानले उडाइदिन्छु । भगवानले  दुइवटा कान त्यसैले त बनाइदिनुभएको नि!!! हाहा…

अनि किताब पढ्दै जाँदा, रङमञ्चको  धेरै प्रसँगहरु रहेछ । अनि यसो सोचेको त । नाटकमा  भाग नलिएको त ५ बर्ष भइसकेछ ।  हुन त म ECA activities हरुमा जहिले भाग लिन्थेँ । नाटक, नृत्यहरु  त झन्  कहिल्यै नि छुटाउदिन थिएँ । १० कक्षामा हुँदा भाग लिएको नाटक नै अन्तिम नाटक जस्तै भयो । अनि हाई-स्कूल्मा त नाटक प्रतियोगिता नै भएन । ‘नेपाल आमा’ थियो त्यो नाटकको शिर्षक । तर हामीभन्दा senior batch हरुले 1st prize जीते । कक्षामा ४ देखिनै हाम्रो नाटक जहिले प्रथम हुन्थ्यो ।  झन् त्यो last year  थियो स्कुलमा, दोस्रो भयौँ ।  प्रथम पुरस्कार लिइरहने बानी बसिसकेको हामीलाई , दोश्रो पुरस्कार पाउँदा त कस्तो-कस्तो लाग्यो । हामी भन्दा senior batch हरुले, teacher हरुको classroom मा  आउँदा खेरी को हाउभाउ, पढाउदा खेरी को नक्कल, mimicry गरेर सबलाई हँसाएका थिए, मलाई पनि खुब रमाइलो लागेको थियो त्यो नाटक त । झन् त्यो last year  थियो स्कुलमा, दोस्रो भयौँ ।  प्रथम पुरस्कार लिइरहने बानी बसिसकेको हामीलाई , दोश्रो पुरस्कार पाउँदा त कस्तो-कस्तो लाग्यो । हामी भन्दा senior batch हरुले, teacher हरुको classroom म आउँदा खेरी को हाउभाउ, पढाउदा खेरी को नक्कल, mimicry गरेर सबलाई हँसाएका थिए, मलाई पनि खुब रमाइलो लागेको थियो त्यो नाटक त । त्यस पछी त नाटकमा भाग लिने अवसर पाएको छैन ।

कस्तो रमाइलो हुन्थ्यो । अहिले सम्झँदा कस्तो nostalgic  भइन्छ । हाम्रो त एउटा group नै थियो नाटक प्रतियोगिता कहिले नि न छुटाउनेहरुको । रीनाको घर स्कुल नजिकै थियो । अनि रेनुका, पुनम , म अनि रीना भएर नाटकको script लेख्थ्यौँ  । म चाहिँ  script सुनेर अलि- अलि suggestion मात्र दिन्थेँ । कहिले-काहिँ हाम्रो English sir, महेश आचार्य, सँग सल्लाह माग्थ्यौँ । अनि यस्तो-यस्तो गर भनिदिनुहुन्थ्यो ।  कक्षा ५,६,७  त महेश सरले नै script  लेखिदिएर, rehearse गर्न लगाउनु हुन्थ्यो आफ्नै आँखा अगाडी ।  तर फेरी सरले script लेखिदिनुभएर मात्रै हामी first भएको चाहिँ होइन है!! सबको उत्तिकै योगदान हुन्थ्यो ।  तर महेश सरले लेखिदिनुभएको script चाहिँ साह्रै राम्रो हुन्थ्यो । यसरी script तयार भएपछी पात्रहरु छन्नुपर्थ्यो । हामी ४ जनाको (रेनुका, रीना, पुनम अनि मेरो) चाहिँ नसोधी नाम लेखिदिन्थे, हामी कहिल्यै नि नाइ नभन्ने भएकोले होला!

रीनाको घरको छत मलाई साह्रै मनपर्थ्यो । ६ तल्ला माथी यस्तो राम्रो सररर हावा चल्थ्यो । अनि म चाहिँ अरु भन्दा अलि चाँडो गएर त्यही छत मा बस्थेँ ।  कहिले काहिँ फिल्म का हिरोईनहरुले फिल्म मा shiffon को सारी लगाएर, दुपट्टा (सल्) उदाउदै नाचेको जस्तो गरी नाच्थेँ । ६ तल्ला माथि छत थियो, कसैको ध्यान नि हुँदैनथ्यो त्यती माथि  । नत्र त कहाँ अरुले देख्ने ठाँउ म त्यसरी नाच्नु ? ? म त साह्रै लजालु छु नि!!!   😀

अनि पछी अरु नि आउँथे अनि सबैजना जम्मा भए पछी rehearse गर्थ्यौ । अलि सानो class (4-5 class) तिर हुँदा त मेरो कपाल छोटो भएकोले होला मलाई बुवाको रोले दिन्थे । आवाज भारी बनाएर  dialogue भन्दा आफैलाई हाँस उठ्थ्यो । अनि सब मरि-मरी हस्थ्यौँ । अहिले सम्झँदा नि हाँसो उठ्छ । अनि पछी अरु नि आउँथे अनि सबैजना जम्मा भए पछी reherse गर्थ्यौ । अलि सानो class (4-5 class) तिर हुँदा त मेरो कपाल छोटो भएकोले होला मलाई बुवाको रोले दिन्थे ।  class 9 मा हुँदा त मलाई फेरी बुवाको रोले दिएन् । पछी कुरो बुझ्दै जाँदा त अरु कसैले नि बुवाको भूमिका गर्दिन भनेछन् अनि मलाई दिएका रहेछन्, म defend गर्न नसक्ने भएर होला । बाठा थिए मेरा साथीहरु…

हाहा । अनि अनुमिकको घरमा practice गर्दा त उसको मम्मी पनि हाँस्नुभयो । मलाई त कस्तो लाज लाग्यो । आवाज भारी बनाएर बुवाको भूमिका गर्दा । रिस पनि उठ्यो । गर्दिन भनेँ तर साथीहरु मानेनन् । तर धन्न त्यो दिन आन्दोलनले गर्दा स्कूल विदा भयो अनि हाम्रो नाटक भएन । पैसा पनि हुँदैनथ्यो  त्यतिखेर । तापनी “हे परमेश्वोरी , मुरी -मुरी धन्यवाद” भन्दै २ वटा चकलेट चढाएँ भागवानलाई धन्यवाद स्वरुप..

अहिले त्यो सब सम्झँदा कस्तो रमाइलो लाग्छ । कस्तो रमाइलो थिए ती दिनहरु । अहिले नि हामी साथि-भाइहरु facebook मा भेट्दा, कती कुरा गर्छौ ।  

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s