मैले बुझेको “औकात अनुसारको सपना “

“औकात अनुसारको सपना देख्नुपर्छ”, भन्ने जतिको नराम्रो ‘ज्ञान’ मलाई संसारमा केहि लाग्दैन । यो भन्ने मान्छे भेटेको भए त म मज्जाले भाषण नै सुनाउथेँ होला ।

मैले बुझेको ‘औकात अनुसारको सपना’ भनेको त , कुनै मानिस / जनावरलाई सिमित लम्बाइको “औकात” नामक सिक्रीले बाँधेर, “ल जा, जे जे गर्नु छ गर्, उड्नु छ भने उड् , जे गर्नु छ गर” भनेर छोडीदिनु जस्तै हो । जति पंख फिँजाएर उड्न खोजे पनि, जति अगाडी बढ्न खोजे पनि त्यो “औकात” नामको सिक्रीले एउटा सिमित घेरा भन्दा बाहिर जान दिँदैन ; पंख फिजाएर उड्न दिँदैन , सागर सरि बग्न दिँदैन, हावाको वेग छल्दै कुद््न दिँदैन, न अगाडी बढ्न दिन्छ ।

मैले Forbes magazine ले समेत बिश्वको सबै भन्दा धनी व्यक्तिको सुचीमा रखेको,  विनोद चौधरीको आत्मवृतान्त पढेकी थिएँ ।

खै कुन चाहिँ पाँच तारे होटेल अगाडी उभिएर, “यो होटेल भित्रबाट कस्तो होला,” भन्दै त्यहाँ छिर्ने सपना बोक्थे रे! अहिले उनी त्यही पाँच तारे होटेलका शेयर धनी हुन्;  अरबौँमा खेल्छन् ।

वहाँ त एउटा मात्र उदाहरण हुन्  यस्ता थुप्रै हस्ती हरु हुनुहुन्छ जो Rags to Riches मा पर्नुहुन्छ ।

Bill Gates, J K Rowling, … अरु पनि थुप्रै हुनुहुन्छ । अनी मेरो  favourite Oprah Winfrey  पनि!

तर फेरी ‘सपनामा लगाम नलगाऊ’ भन्नुको अर्थ चाहिँ ‘खुल्ला छोडेको साँढे’ जस्तो हुने भनेको चाहिँ हैन है! यसको मतलब यो पनि हैन कि नराम्रो काम नै गर्नु पर्छ आफ्नो जिवन सुधार्न।  राम्रो काम गर तर सपनाको कुनै सिमा नराख ।  Never set boundaries for your dreams.

Advertisements

2 thoughts on “मैले बुझेको “औकात अनुसारको सपना “

  1. Binod Chaudary ley India ma Taj Hotel agadi basera tyo Taj Hotel ma chirney sapana dekhyaka hun ra now he owns share at there and actively established many hospitality resorts with collaboration with Taj…just correcting 🙂 Talking about limited your dream that’s never a chance to do soo we must dream as much as high we can even if its impossible for other but it can be impossible until it’s done as Nelson Mandela has said 🙂

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s